काठमाण्डाै - कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लकडाउन थपिएको छ ।

लकडाउन थप एक महिना थपिएको हो । यसअघि अगष्ट २८ सम्म रहेको लकडाउन सेप्टेम्बर अन्त्यसम्म लम्बिएको बीबीसीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै त्यहाँका अति प्रभावित १२ वटा सरकारी क्षेत्रहरूमा सोमबार मध्यरातदेखि लागू हुने गरि कर्फ्युको घोषणा गरिएको छ ।

यस्तै, मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ ।