पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय बिमल औजीसहित ३ जना छन् ।

शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट ३ थान चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाँकेको कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा चितुवाको छाला फेला परेको थियो । आरोपीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।