रुकुम पूर्वमा बालिका हत्या आरोपमा एक नाबालक पक्राउ परेका छन्

भूमे गाउँपालिका ३ मोराबाङमा ४ वर्षीया बालिका प्रिया कुँवर सोमबार राति ८ बजे मृतावस्थामा फेला परेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका एक नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।