काठमाण्डाै – तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले काबुलबाट विदेशी नागरिक बाहिर जाने मिति थप गर्न नसकिने बताएका छन् । अहिले तालिबानले विदेशी नागरिकलाई काबुलबाट बाहिर जान यही अगस्ट ३१ सम्मकाे समयसीमा (डेडलाइन) दिएकाे छ ।

तालिबान प्रवक्ताले भने– ‘अगस्ट ३१ काे डेडलाइन बढ्छ भन्ने मलाई लाग्दैन ।’ विदेशी नागरिकलाई निर्धारित मिति समाप्त हुनुभन्दा अघि नै काबुलबाट निस्किन पर्याप्त समय भएकाे प्रवक्ता मुजाहिदले बताएका छन् ।

अमेरिका र सहयाेगी देशहरूले भने अगस्ट ३१ सम्म सबै मानिसलाई काबुल बाहिर लैजान कठिन हुने बताएका छन् । जी–७ देशकाे मङ्गलवार हुन लागेकाे बैठकमा पनि यसबारेमा कुराकानी हुनेछ । बैठक बस्नुअघि तालिबानले आफ्नाे धारणा बताएकाे हाे ।

तालिबानले अफगानिस्तानका कुनै पनि नागरिक देश छाडेर बाहिर जाओस् भन्ने नचाहेकाे प्रवक्ता मुजाहिदकाे भनाइ छ । अमेरिका र सहयाेगी देशलाई सहयाेग गर्ने अफगानी नागरिक तालिबानले काबुल नियन्त्रणमा लिएपछि देश छाडेर जान चाहिरहेका छन् ।

नाै दिनअघि तालिबानले काबुल नियन्त्रणमा लिएयता अहिलेसम्म विदेशी र अफगान नागरिक गरी झन्डै ५० हजार जना काबुल विमानस्थलबाट बाहिरिएकाे बीबीसीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah