मकवानपुरको नेवारपानीस्थित राप्ती खोला किनारमा एक महिलाको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१९ नेवारपानीस्थित राप्ती खोलामा अन्दाजी वर्ष ६० को एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेला परेको शव रामेछाप सुनापती गाउँपालिका वडा नम्वर–१ घर भई हेटौंडा–६ पुतली बजार माइतीमा बस्दै आएकी रत्नमाया गौतमको रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, संगै सुतेकी गौतम नभेटिएपछि निजको आफन्तले खोजी गर्दा निजले लगाएको चप्पल हेटौंडा–६ पुतलीबजारमा रहेको कर्रा खोला पुलको विचमा फेला परेको थियो ।

चप्पल पुलमा फेला परेपछि खोलामा हामफालेको अनुमानका आधारमा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको कमाण्डमा खटिएको प्रहरीको टोली खोजी कार्य गर्दा उनको शव हेटौंडा–१९ स्थित राप्ती खोलामा फेला परेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।