झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्जरा आलाम विजयी भएका छन् ।
आलामले ५ हजार ८१६ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको निर्वाचन अधिकृत जेवी बहादुर भण्डारीले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५ हजार ३५३ मत प्राप्त गरको छन् ।
त्यसैगरी, उपाध्यक्ष पदमा राप्रपाकै निम्सरा राजवंशीले ५ हजार ७७४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गीता ओडारी खरेलले ५ हजार ७२ मत प्राप्त गर्नुभएको अधिकृत भण्डारीले बताइन् ।
कचनकवल गाउँपालिकाका ७ वटै वडामा २ वटामा नेपाली कांग्रेस, २ वटामा नेकपा एमाले र ३ वटामा राप्रपाले नै विजयी हासिल गरेको छ ।
२५ हजार ६४८ मतदाता रहेको गाउँपालिकामा १९ हजार ५०१ मत खसेको थियो । जसमा ९९१ मत बदर भएको अधिकृत भण्डारीले बताए ।
अधिकृत भण्डारीका अनुसार केचनाकवलमा ३६ जना मात्र जनप्रतिनिधि चुनिएका छन् । वडा नं. ४ मा कुनै पनि पार्टीले दलित महिला सदस्यको उम्मेद्वारी दिन नसक्दा ३६ जना मात्र प्रतिनिधि चुनिएका हुन् ।
लोकतन्त्र



