अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसेपछि अमेरिकाले काबुल स्थित अमेरिकी दुतावास बन्द भएको जनाएको छ । काबुलको दुतावास बन्द भएपछि अब कतारबाट दूतावास सञ्चालन गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बताएका छन् । उनले अफगानिस्तान हेर्ने गरी काबुलको दूतावास कतारको दोहामा स्थानान्तरण गरिएको जानकारी दिए। अफगानिस्तान हेर्ने गरी नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको पनि उनको भनाई छ । उनले अफगानिस्तानबाट करिब १ लाख २३ हजार मानिसलाई सुरक्षित रुपमा उद्धार गरिएको पनि जानकारी दिए । त्यसमा करिब ६ हजार अमेरिकी सैनिक रहेको पनि उनले बताए । उनले काबुलबाट अमेरिकी दूतावास कतारको दोहामा सारिएको र छिट्टै नै त्यसको जानकारी कंग्रेसलाई दिइने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय