अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसेपछि अमेरिकाले काबुल स्थित अमेरिकी दुतावास बन्द भएको जनाएको छ । काबुलको दुतावास बन्द भएपछि अब कतारबाट दूतावास सञ्चालन गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बताएका छन् । उनले अफगानिस्तान हेर्ने गरी काबुलको दूतावास कतारको दोहामा स्थानान्तरण गरिएको जानकारी दिए। अफगानिस्तान हेर्ने गरी नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको पनि उनको भनाई छ । उनले अफगानिस्तानबाट करिब १ लाख २३ हजार मानिसलाई सुरक्षित रुपमा उद्धार गरिएको पनि जानकारी दिए । त्यसमा करिब ६ हजार अमेरिकी सैनिक रहेको पनि उनले बताए । उनले काबुलबाट अमेरिकी दूतावास कतारको दोहामा सारिएको र छिट्टै नै त्यसको जानकारी कंग्रेसलाई दिइने पनि बताए ।
काबुल स्थित अमेरिकी दुतावास बन्द , नयाँ कुटनीतिक मिसन सुरु
एजेन्सीसंवाददातामंगलबार, १५ भदौ २०७८

काबुल स्थित अमेरिकी दुतावास बन्द , नयाँ कुटनीतिक मिसन सुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



