दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । कोरोना भाइरसको सार्स–कोभ–२ नयाँ भेरिएन्ट पहिलोपटक दक्षिण अफ्रिकामा गत मे महिनामा देखिएको थियो ।

सो भाइरस अहिले चीन, कंगो, मौरीसस, बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र स्विजरल्यान्डमा पनि भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वैज्ञानिकहरूले यो भाइरसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’भित्र पर्न सक्ने बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्व स्वास्थ्य संगठनले अधिक संक्रमण र गम्भीर लक्षण देखाउने तथा उपचारको प्रभाव कम पर्ने भाइरसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा वर्गीकरण गरेको छ।

अल्फा वा बिटा भेरियन्ट संक्रमण भएर एन्टिबडी निर्माण भएका व्यक्तिमा समेत यो भेरियन्टले सहजै आक्रमण गर्नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।