सप्तरीको डाक्नेश्वरी नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय अर्जुन कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

डाक्नेश्वरी नगरपालिका –१० रञ्जितपुरका पवन यादवका नौ वर्षीय छोरा अर्जुन गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका थिए । उनलाई उपचारका लागि कल्याणपुरतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय