
अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।
बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।
टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।
उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो ।