ताप्लेजुङ्गमा ढुङ्गाले किचेर एकजानाको मृत्यु भएको छ । मृत्यु हुनेमा फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् ।
फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको हो । उनको बिहिबार दिउँसो साढे १ बजे हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट झरेको ढुंगाले किचेर घटनास्थलमानै मृत्यु भएको हो ।
मृतक तामाङ सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने गरेको ताप्लेजुङ्ग प्रहरीले जनाएको छ ।










