झापाको कमल गाऊँपालिकामा पिकअपको ठक्करबाट शुक्रबार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ का ४ वर्षीय मानव कापरी रहेका छन् ।
कमल गाउँपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व–पश्चिम राजमार्गमा दिउँसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३ –००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको हो ।
पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।










