मोरङको बिराटनगर महानगरपालिकामा शुुक्रबार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगर १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डल रहेका छन् ।
उनी शुक्रबार दिउसो ११ बजे विराटनगर १७ मा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लागि घाईते भएका थिए । मण्डलको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।










