झापा । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै दाजु कचनकवल गाउँपालिका ३ केचना घर भइ हाल विर्तामोड नगरपालिका ४ मा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजवंशीको हत्या गरी फरार रहेका उनलाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको हो । हिजो बिहान साढे ७ बजे ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामाफेला परेका थिए ।
उनको हत्या भएको आशंकामा प्रहरीले मृतकका भाइको खोजी थालेको थियो । गएराती मेचीनगरबाट मार्तल सहित भेटिएका अभियुक्तले नै दाजुको हत्या हत्या गरेको प्रहरीले बताएको छ ।










