आज रातभर आएको अविरल वर्षाका कारणले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ ।

पानीले बल्खु र बालाजु क्षेत्र डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्याएको हो । बल्खु बजार सञ्चालककाअनुसार पानीले तरकारी बजारमा करिब १ करोड रुपैयाँको क्षति पुर्याएको छ । बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तरकारी बजारमा पसेको पानीले डुबाएको÷बगाएको तरकारी कामै नलाग्ने गरी क्षति पुगेका कारण १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको तरकारी बजारले जनाएको छ । बजार तत्काल खोल्न नमिल्ने गरी क्षति पुगेको छ ।

यसैगरी, बालाजु क्षेत्रमा आएको बाढीले त्यस क्षेत्रको तरकारी बजार समेत डुबानमा परेको कालिमाटी फलफुल तथा तरकारी बजारका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । उनले कालिमाटीको तरकारी बजारमा भने क्षति नभएको बताए । हालसम्म क्षतिको आँकलन नभएको उनको भनाई छ ।