अन्तराष्ट्रिय

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो


  काठमाडौं   सवाल नेपाल   २०७८ भाद्र २८, ०८:१५

अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।

यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ ।

ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक सञ्जालमा अधिक चर्चा चलेको छ । कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार