एजेन्सी साउदी नेतृत्वले यमनमा हुथी विद्रोहीमाथि गरेको हवाई हमलामा कम्तीमा२० जना हुथी लडाकुको मृत्यु भएको छ। यमनको मारिब प्रान्तमा भएको आक्रमणमा अन्य कयौँ लडाकु घाइते भएका सरकारी सैनिक स्रोतले जनाएको छ। हवाई हमलामार्फत् शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाइएको थियो ।

त्यसक्रममा चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। यसैबीच, हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले शनिबार मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहका अग्रपङ्क्तिमा १७ पटक हवाई हमला भएको जनाएको छ। तर आक्रमणबाट के कति क्षति भएको थियो भन्ने विवरण दिएको छैन । गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य सहर अल–कुलामा प्रवेश गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इरान समर्थित हुथी सैन्य लडाकू दस्ताले फेब्रुअरीमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारको तेल सम्पन्न अन्तिम उत्तरी गढलाई प्रान्तको नियन्त्रणमा पार्ने प्रयासमा मारिबमा ठूलो आक्रमण गरी यस क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएको थियो।