अन्तराष्ट्रिय

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या


  काठमाडाैं   सवाल नेपाल   २०७८ भाद्र २९, ११:४९

एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तिमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ । त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन् ।

युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन् । तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ । गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो । युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार