अन्तराष्ट्रिय

चीनमा फेरि नयाँ कोरोना भाइरसका बिरामी बढ्दै, केही शहरमा कडाइ


  काठमाडौं   सवाल नेपाल   २०७८ भाद्र ३०, २१:५५

काठमाडौं । चीनको दक्षिण पूर्वी सहरहरूमा कोभिड–१९ को डेल्टा भेरिएन्टका नयाँ बिरामी देखिन थालेका छन् ।

फुजियान प्रान्तमा पछिल्लोपटक २० जना नयाँ बिरामी भेटिएको नेसनल हेल्थ कमिसनलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कमिसनका अनुसार फुजियानका २० जना, पुटियानका १९ जना, ग्वान्जाओका १ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
आइतबारसम्म ४६ जना बिरामी भेटिएकोमा अहिलेसम्म थपिएर करिब १०२ जना पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेसनल हेल्थ कमिसनका अनुसार हालसम्म ९५ हजारभन्दा बढी कोरोनाका बिरामी भेटिएका छन् भने मृत्यु हुनेहरूको संख्या ४ हजार ६३६ पुगेको छ ।

कोरोनाका बिरामी बढेपछि सियामेनसहितका ती सहरमा आवागमन नियन्त्रण गरिएको छ । स्थानीय सरकारले अत्यावश्यक कामभन्दा बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । ग्वान्जाओमा ७० प्रतिशत उडान रद्ध भएका छन् । अक्टोबर १ लाई चीनमा पर्यटनको मुख्य सिजनका रूपमा मनाइने गरिएको छ । त्यसकै मुखमा कोरोनाका बिरामी भेटिएका हुन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार