अन्तराष्ट्रिय

इजरायलद्वारा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या


  kathmandu   sawal nepal   २०७८ आश्विन ३, १७:०८

इजरायलले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या गरेको पाईएको छ । राष्ट्रहरुले ड्रोन प्रयोग गरेर मान्छेको हत्या गरेका रिपोर्टहरू यसअघि आइरहेका थिए तर अब रोबोटिक हतियारको प्रयोगले पनि मान्छे मार्न थालिएको छ ।

द न्यू योर्क टाइम्सका अनसार ईजरायलले इरानको न्युक्लिअर वैज्ञानिक मोहसेन फाक्रीजाडेहलाई नोभेम्बर २७, २०२० मा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर हत्या गरिएको थियो । यो बन्दुकलाई ट्रकको छेउमा राखिएको थियो र फाक्रीजाडेहको कार आएपछि टाढाबाट स्याटेलाईट लिकं प्रयोग गरेर गोली प्रहार गरिएको थियो ।

कारमा फाक्रीजाडेहको श्रीमती भएपनि आक्रमणकारीले फाक्रीजाडेहलाई मात्रै लक्षित गरेका थिए । दुवै पक्षको सरकारले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग भएको बारे केही पनि बताएका छैनन् । द न्यू योर्क टाइम्सले फाक्रीजाडेहको परिवारको बयानको आधारमा यो रिपोर्ट तयार पारेको हो ।

ईजरायलको सञ्चालकले प्रमाण मेटाउनका लागि ट्रकलाई विस्फोट गराईदिएका थिए । अब हत्याराहरुले आफूलाई थोरै खतरामा रोबोटिक बन्दुक प्रयोग गरेर कसैको हत्या गरिदिन सक्ने डर बढेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार