भारतको एक अदालत भित्र नै गोली चल्दा तीन जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भारतको राजधानी नयाँदिल्लीस्थित एक रोहिनी अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको हो ।

भारतिय सञ्चार माध्यमहरुका अनुसार दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए। ती दुई बन्दुकधारीले दिल्लीका ‘मस्ट वान्टेड ग्याङ्स्टार’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली चलाउँदा ती बन्दुकधारी पनि मृत्यु भएको हो ।

सो अदालतको २०७ नम्बर कोठामा उक्त घटना भएको थियो। यो घटनामा अन्य चार जना समेत घाइते भएका छन् । जितेन्द्रलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गोली चलेको थियो। तयसपछि त्यहाँ भएका व्यक्तिहरू आत्तिएपछि भागदौड मच्चिएको थियो।

दिल्ली पुलिसलाई उदृत गर्दै दैनिक भास्करले भनेको छ, मृत्यु हुनेमध्ये एक हमलाकारीलाई पक्रांउ गर्न सरकारले ५० हजार पुरस्कार राशीको समेत घोषणा गरेको थियो । यो घटना शुक्रबार दिउँसो १५ मिनेटसम्म भएको थियो । गोगीलाई आक्रमणकारीहरुले तीन गोली हानेका थिए । त्यसलगतै गोगीको सुरक्षामा खटिएका प्रहरीले आक्रमणकारीलाई ढाल्न २५ देखि ३० राउण्ड गोली चलाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah