भारतको कानपुरमा पर्ने कल्याणपुरस्थित गुलमोहर रेजिडेन्सी अपार्टमेन्टमा बलात्कारपछि एक युवतीलाई १० तलामाथिबाट फ्याँकेर हत्या गरिएको छ।

भारतीय पत्रिका अमर उजालाका अनुसार पोस्टमार्टम रिपोर्टले पहिले युवतीलाई बलात्कार गरिएको र त्यसपछि १०औं तलाबाट हुत्याइएको तथ्य पत्ता लागेकाे हाे।

युवतीको शरीरमा २५ ठाउँमा गम्भीर चोट देखिएको छ। टाउकोको हड्डी मात्र पाँच ठाउँमा फुटेको पाइएको छ। दाहिने हातमा ६ स्थानमा गम्भीर चोट छन्। बायाँ हातमा तीन ठाउँमा गम्भीर चोट लागेका छन्। दुवै कानबाट रगत निस्किएको छ। ओंठ र छातीको तल्लो भागमा चोट छ। पिसाब थैली फुटेको छ। गर्भाशय पूरै तहसनहस छ। मृत्युको कारण धेरै रगत बग्नुभएको चिकित्सकले बताएका छन्।

तीन जना डाक्टर संलग्न टोलीले युवतीको पोस्टमार्टम गरेको थियो।

कानपुर प्रहरीले युवतीको हत्या आरोपमा एक जना प्रभावशाली व्यक्ति प्रतीक वैश्यलाई पक्राउ गरेको छ। यही सेप्टेम्बर २१ तारिखका दिन उनलाई प्रहरीले उनकै फ्ल्याटबाट पक्राउ गरेको थियो। तर एफआरआईमा उनलाई फ्ल्याटभन्दा धेरै टाढाबाट पक्राउ गरिएको देखाइएको छ।

पीडिततर्फकी अधिवक्ता सीमा समृद्धिका अनुसार प्रभावशाली व्यक्ति भएका कारण प्रहरीले आरोपित व्यक्तिलाई बचाउन त्यसो गरिएको हो।

कल्याणपुरको इन्दिरा नगर निवासी डेरी सञ्चालक प्रतीकले यही सेप्टेम्बर २१ तारिखका दिन आफ्नी पीए ती युवतीलाई बलात्कारपछि १०औं तलाबाट फ्याँकेका थिए। घटनास्थलमै उनकाे मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah