काठमाडौं, २ कात्तिक । चीनले नेपाल-चीन-भारत त्रिदेशीय साझेदारीका लागि आफूहरु खुल्ला रहेको प्रष्ट पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवामा भएको ब्रिक्स सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त तर, अनौपचारिक कुराकानीका क्रममा त्रिदेशीय साझेदारीको प्रस्ताव अघि सारेको दावी गरेका थिए । सो को पुष्टि चीनले गरिदिएको छ ।

जिनपिङ, मोदी र प्रचण्डको संयुक्त तस्बिरका सम्बन्धमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले नेपाल र भारत दुवै आफूहरुको असल छिमेकी रहेको भन्दै त्रिदेशीय साझेदारीका लागि चीन खुल्ला रहेको बताइन् ।

उनले भनिन्, ‘नेपाल-भारत दुवै चीनका असल छिमेकी हुन् । हामीलाई विश्वास छ कि त्रिदेशीय साझेदारीले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रोत्साहन गर्दैन, क्षेत्रीय स्थिरता र विकासमा पनि योगदान गर्छ ।’

नेपाल र भारतसँग मिलेर त्रिदेशीय साझेदारीमा कसरी साझा विकास गर्न सकिन्छ भन्ने कुरा आफूहरुले पहिल्याउन चाहेको उनको भनाइ छ ।

यता नेपालमा भने यो अनौपचारिक भेटका विषयलाई लिएर अनेकथरी टिका-टिप्पणी भइरहेका छन् । चीनको यस्तो प्रतिक्रियाले त्रिपक्षीय अनौपचारिक भेट उपलब्धिपूर्ण रहेको भन्ने प्रधानमन्त्री प्रचण्डको दावीलाई बल पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah