साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रसको chriskar business consulatnts कम्पनीले डेमोस्ट्रिक वर्करका लागि २० जना नेपाली महिला कामदारको माग गरेको हो ।न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ४३ हजार माथि पाउनेछन् । इच्छुक कामदारले गौतम इनटरनेशनल म्यानपावर सर्भिसेज प्रालिको कार्यालय तीनकुने काठमाडौंमा असोज २२ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।



![वैदेशिक रोजगारको अवसर, मासिक तलब कति ?[हेर्नुहोस ]](/wp-content/uploads/2021/10/Amazing-Facts-about-Cyprus-in-Hindi-4-scaled-1.jpg)






