विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प वा बिच्छी भन्नेपर्छ। तर, एउटा यस्तो माकुरो छ जसको टोकाइले मानिसको ज्यानै जानसक्छ।

उक्त माकुराको नाम वेब स्पाइडर हो। यो विश्वकै खतरनाक माकुरोमा पर्छ। यो माकुराले काटेमा मानिसको १५ मिनेटमै ज्यान जानसक्छ। अस्ट्रेलियामा यो माकुराको टोकाइबाट थुप्रैले ज्यान गुमाइसकेका छन्। स्वास्थ्यकर्मीका अनुसार यो माकुराले टोकेमा उपचारमा प्रयोग हुने कुनै प्रभावकारी औषधी अहिलेसम्म बन्न सकेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्ट्रेलियाको जंगलमा भएको आगलागीपछि यो माकुरो जमिनमा लुक्न पुगेको थियो। ठूलो वर्षा हुँदा यो माकुरो बाहिर आउन पुग्यो। र, पछि माकुरो मानव वस्ति भएको ठाउँसम्म पुग्यो। अहिले यो अस्ट्रेलियाका थुप्रै सहरमा पाइन्छ।

नेपाल समय

यो माकुराले टोक्दा शरीरमा रातो रंगको दाग बन्छ। त्यसपछि मानिसलाई बान्ता हुनथाल्छ। यसका साथै ब्लडप्रेसर पनि बड्न पुग्छ। यो माकुराले टोक्दा मानिस निकै दुखाइ महसुस गर्नथाल्छ। र, १५ मिनेट भित्रै मृत्यु हुन्छ।

अस्ट्रेलियाको सिडनीमा सबै भन्दा बढी विषाक्त माकुरो रहेको छ। वैज्ञानिकहरू यस माकुरोको विषको असरलाई कम गर्ने औषधी बनाउन लागिपरेका छन्।