विचार/ब्लग

कु- काठ रोपेर बहुमुल्य रुख मासिनु चिन्ताजनक


  काठमाण्डौ   KB Mahara   २०७८ आश्विन १९, ०६:१७

पर्यावरण सन्तुलन कायम राख्न रुखविरुवा चाहिन्छ, त्यतिका लागि मात्र नभई हामिले बर्षेनि बेहोर्ने विपदजन्य प्राकृतिक दुर्घटना बाट बचाउन समेत रुखबिरुवाको अहम् भुमिका रहन्छ । तर पछिल्लो समय भ्रष्टाचारी र बन माफियाको गिरोह यतिसम्म सक्रिय छ कि उनिहरु हराभरा बन बिनास पार्न हदैसम्म पुग्ने गरेका छन् ।
बन अध्यक्ष र काठ तस्कर बाटै सुरु हुने त्यो खेल बन मन्त्रालय सम्मै जोडिएको हुन्छ । त्यसको पछिल्लो उदाहरण निवर्तमान नेकपाको सरकार बाट बनमन्त्री बनेका प्रेम बहादुर आले ओहदाको सपथ खाने बित्तिकै तामझाम साथ देस दौडाहमा निस्किएका थिए । स्थानिय बाट गुनासो बढेपछी बन अनुगमन गर्न भन्दै उनी निस्किएका थिए ।तर अनुगमनका क्रममा फिल्डमै पुगेर सामुदायिक बनका पादाधिकारी,जिला बन लगायत बन समुदाय सङ्ग सम्बन्धित सबै सङ्ग भेट गरेर त्यसप्रती चासो राखे तर त्यसले बिगतमा मौलाएको काठ तस्करी सामान्य होईन झनै मौलाएर गयो।
केही समय अघि मात्र बैज्ञानिक बनका नाममा रुखहरु यत्रतत्र जङ्गल फँडानी गरिएका छन् ।तर नियमनकारी निकाय भने संधै माफियाको मौन समर्थनमा बसिरहन्छ ।
तत्कालिन बन मन्त्री आले हाल मन्त्री पदबाट मुक्त भैसकेका छन् तथापि आलेले काठ तस्कर सङ्ग साँठगांठ गरेको भनी बेलाबखत आरोप लाग्ने गरेको छ । अहिले स्थानिय स्तरमा सरकार छ ,स्थानिय स्तरबाट पर्यावरण जोगाउनमा स्थानीय सरकारले धेरै लाम गर्न सक्छ तर तिनै स्थानिय प्रतिनिधिहरु देखवटी ढोंग गरेर स्थानियलाई बेवकुफ बनाई रहेका छन्। त्यो लाचारिपन यतिसम्म निकृष्ठ छ कि स्थानिय बन समुदाय हरुमा खुलेयाम काठ तस्करी हुँदा तथा बन फँडानी हुँदा भने मौन समर्थनमा रहने उनिहरु निश्चित बजेट निकास गरि केही बोट कु-काठ रोपेर आफ्नो थाप्लोमा जस लिन खोजिरहेको प्रष्ट बुज्न सकिन्छ ।

देसमा अस्थिर राजनीति र ब्याप्त भ्रष्टाचारको प्रभाव स्थानिय सरकारको हालिमुहाली सुरु सुरुभएछि झनै वृद्धि भएको छ । जसका कारण स्थानिय हरु मौन रहन बाहेक निरीह बनेका छन ।
बन बिनासका कारण बर्षेनी निम्तिने प्राकृतिक बिनास,बाढिपहिरो जन्य बिपद बाट बच्न युवा स्तरबाट सचेतताका साथ खबरदारी गर्ने कि ?
लेखक: केबि महरा ( सवालनेपालका लागि रिपोर्टर/ स्तम्भकार )

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार