काठमाडौँ– कोकाकोलाले नेपालमा पहिलोपटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ। यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासलाई दर्शाएको कम्पनीको दावी छ।
रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड १९ को बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पु¥याएको कम्पनीले जनाएको छ। जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन्।
कोकाकोलाले संयक्त राष्ट्रसंघको १७ वटा दिगो विकास लक्ष्यलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ। नेपालमा कोकाकोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोकाकोलाको प्रणालीले व्यापार वृद्धि गर्नको लागि दिगोपनलाई एक सर्तको रुपमा लिएको छ। १९७३ देखि हामी कोकाकोलालाई हरेक नेपालीहरुको रिफ्रेसमेन्टको पहिलो रोजाइको बनाउने व्यवसायमा अघि बढेका छौंँ। ४० वर्षभन्दा बढी समयदेखि हामीले एक कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसायको निर्माण गर्नको लागि प्रयास गरिरहेका छौँ।’
कम्पनीले राष्ट्रको लागि पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीका स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको छ। नेपालमा कोकाकोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ। जसमा रेन वाटर हार्वेस्टिंग, ग्राउन्डवाटर रिचार्ज र वाटरएड र स्मार्ट पानीसँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरु रहेका छन्।
यसको अर्थ कोकाकोलाले पेयपदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि नेपालभरिका समुदायलाई दोब्बर पानी फिर्ता दिनेछ। सन् २०१८ मा कोकाकोलाले विश्वव्यापी रूपमा ‘वल्र्ड विथाउट वेस्ट’ अभियानको घोषणा गरेको थियो। जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरुलाई संकलन र रिसाइक्लिंग गर्ने थियो।
यसको ग्लोबल भिजनको समर्थनमा कोकाकोलाले ‘वल्र्ड विथाउट वेस्ट’ का उद्देश्यलाई प्राप्त गर्नको लागि कम्पनीले नगरमित्र, रिसाइक्लर साथी र व्रिmएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस, रिसाइकललगायतका परियोजना सामेल रहेका छन्।
यी परियोजनाहरु सामूहिक रूपमा काठमाडौँभरिका २ नगरपालिका र काठमाडौं बाहिरका ७ नगरपालिकामा रहेका छन्। यी परियोजनाका साथै कोकाकोलाले नेपाली सेनासँग २ वर्षसम्म ‘माउन्टेन क्लिन अप क्याम्पियन’ को लागि सहकार्य गरेको छ। यो मल्टी स्टेकहोल्डरको राष्ट्रिय कार्यक्रमको उद्देश्य भनेको पहाडहरुलाई सुरक्षा गर्नु र हिमालयमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नु हो।
कोकाकोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पीईटीलाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिंग प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट पोलिइथाइलिन टेरेफ्थलेट (पीईटी) बोतलहरुलाई हल्का तौलको बनाएको छ। यसले प्लानेटलाई सफा बनाउनको लागि आफ्नो प्याकेजिंगको रि–इमाजिनिंग गरिरहेको छ। डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित रहेको एएसएसपी प्याकेजिंग २५० मिलीलिटर र ५०० मिलीलिटरको भेरियन्टमा उपलब्ध रहेको छ।
यस्तै न्यूनतम प्रणाली ब्रेकेजको बाहेक बजारबाट १ सय प्रतिशत ‘रिकभरी’ को लागि आरजीबी (रिटर्नेबल ग्लास बोतल) को प्रयोग गरिन्छ, जसलाई पूर्ण रुपमा रिसाइकल गर्न सकिन्छ। यसबाहेक कोकाकोलाले सेकेन्डरी प्याकेजिंगमा प्लास्टिकको उपयोगलाई कम गर्नको लागि विभिन्न आपूर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको जनाइएको छ।
कम्पनीको प्रणालीमा मानिसहरुलाई महत्व दिइएर यो ‘५ बीवाई २०’ कार्यक्रम विश्वभरि सन् २०२० सम्ममा ५ मिलियन महिलाहरुको आर्थिक सशक्तीकरण प्राप्त गर्नको लागि सन् २०१० मा सुरू गरिएको थियो। नेपालमा यो ‘५ बीवाई २०’ कार्यक्रमले महिलाहरुलाई सशक्त बनाएको कम्पनीको दावी छ। महिला खुद्रा विक्रेताहरुलाई शप ट्रेनिंग एण्ड रिर्सोसेज (स्टार) कार्यक्रमको माध्यमबाट अहिलेसम्म देशभरिमा ५ हजार २०० भन्दा बढी महिला खुद्रा विक्रेताहरुलाई प्रभावित पारेको छ।
बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोकाकोलाको नेपालमा दिगोपनको प्रगति समयभन्दा अगाडि रहेको छ र यो रिपोर्ट एक राम्रो सुरुवात हो। जसले यात्राको क्रममा हाम्रो प्रणालीको प्रयासलाई दर्शाएको छ। हामीले हाम्रो दिगो व्यापार प्राथमिकताहरुलाई कायम राख्दै नेपालको प्राकृतिक रिसोर्सेजहरुमा हाम्रो प्रभावलाई कम गर्नको लागि काम गरेका छौं। ईएसजी (पर्यावरण, सामाजिक, प्रशासन) को हामीलाई एकदमै महत्व पर्ने छ। हामी सरकार, नागरिक समाज, गैरसरकारी संस्था, युवा नेतृत्वको संगठन र मिडियाहरु सबैमा आभारी छौं, जसले यस पहलमा हामीसँग साझेदारी गरेका छन्।’
यस्तै कम्पनीले कोरोना महामारीविरुद्ध कोकाकोला फाउन्डेसन (टिसिसिएफ) ले सन् २०२० मा नेपालमा सबैभन्दा धेरै प्रभावित भएकाहरुलाई सहयोग गर्न कोभिड –१९ राहत प्रदान गर्न नेपाली ८० मिलियनको प्रतिज्ञा गरेको थियो। यो राहतको प्रयासलाई क्रिएसन र नेपाल रेडक्रस सोसाइटीको समर्थनमा फोहोर व्यवस्थापन गर्ने र नेपालभरिका स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका व्यक्तिहरुलाई केन्द्रित गरिएको थियो।



