काठमाडौं । दिल्लीमा कोरोना भाइरसविरुद्धको खोप नलगाएका सरकारी कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको हो ।
संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।
डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ ।
“यदि सरकारी कर्मचारीलाई अक्टोबर १५ सम्ममा कोभिड–१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,” वक्तव्यमा भनिएको छ ।एजेन्सी ।



