चिनियाँ राष्ट्रपति सि जिङपिङले ताइवानसँग शान्तिपूर्ण तरिकाले पुर्नमिलन गर्ने प्रतिज्ञा गरेका छन्। शनिबार राष्ट्रपति सिले ताइवानसँग पुर्नमिलनको महशुस भएको बताउँदै सो प्रतिज्ञा गरेका हुन्।

‘हामीले ताइवानसँगको पुर्नमिलन पक्का महसुस गरेका छौँ र भविष्यमा पनि त्यो महशुस गर्नैपर्छ। चिनिया क्रान्तिको ११० औं वार्षीकोत्सवको अवसरमा बोल्दै सि ले भनेका छन्, ‘त्यसैले हामीले शान्तिपुर्ण ढंगले चीन र ताइवानको स्वार्थको लागि पुर्नमिलन पक्का गर्ने छौँ। पुर्नमिलन दुवै मुलुकको लागि हितकारी हुने छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ताइवानको अलग स्वतन्त्रता पुर्नमिलनको सबैभन्दा ठुलो बाधा भएकोसमेत उनले बताएका छन्। स्वतन्त्र शासनमा चल्दै आएको ताइवानमा चीनले पछिल्लो समय बाक्लो सैन्य गतिविधि बढाउँदै आफ्नो सार्वभौमता स्वीकार्न ताइवानमाथि दबाब दिइरहेको छ। तर ताइवानले भने आफूले आफ्नो स्वतन्त्रताको रक्षा गर्ने र ताइवानका जनताले मात्र आफ्नो स्वतन्त्र ताइवानको भविष्य सुनिश्चित गर्ने बताउँदै आएको छ।

चीनले श्रृंखलाबद्ध तरिकाले ताइवानको वायु रक्षा क्षेत्र र टापु नजिकै युद्धक विमान पठाएपछि ताइवानले आपत्ति जनाएको छ। ताइवानले दुई देशको सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको बताउँदै आएको छ।