अन्तराष्ट्रिय

टर्कीका राष्ट्रपति र उनको पार्टीलाई सत्ताच्युत गर्न ६ विपक्षी दल एकजुट


  #काठमाडौं   सवाल नेपाल   २०७८ आश्विन २३, २०:५४

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र उनको पार्टीलाई सत्ताच्युत गर्न ६ विपक्षी दल एकजुट भएका छन्।

सन् २०२३ मा टर्कीमा निर्वाचन हुन लागेको छ। तर, निर्वाचनभन्दा अगाडि गरिएको मत सर्वेक्षणले सत्तारुढ गठबन्धनको समर्थन कम भएको र राष्ट्रपति एर्दोआनमाथि दबाब बढेको संकेत गरेको छ।

विपक्षी दलले गठबन्धन सबै एक हुँदा २०१९ को स्थानीय निर्वाचनमा एर्दोआन र उनको पार्टीलाई झट्का लागेको थियो।

समाचार एजेन्सी रोयटर्सका एक राजनीतिक विशेषज्ञ मुरात यतिकिन भन्छन्, ‘टर्कीमा विपक्षी दलहरु केहि गर्नको लागि कोशिश गरिरहेका छन्, जुन पहिले कहिल्यै भएको थिएन। उनीहरु सरकारको सामना गर्न एकजुट छन्। जुन नयाँ कुरा हो।’

मुद्रास्फीति, बेरोजगारी, कोरोना महामारी, वनमा लागेको आगो, बाढी र आर्थिक संकटको सामना गर्ने जस्ता मुद्दाहरुमा एर्दोआन सरकारको कडा आलोचना भइरहेको छ। यस कारण उनको सरकारलाई जनताको समर्थन पनि घटेको बताइन्छ।

मत सर्वेक्षणमा एर्डोआनको एके पार्टीलाई ३१ देखि ३३ प्रतिशत मत खस्ने देखाएको छ। जुन २०१९ मा भएको संसदीय निर्वाचनमा भन्दा धेरै कम हो।

त्यस समयमा उनको पार्टीले ४२ दशमलव ६ प्रतिशत मत पाएको थियो। एके पार्टीको सहयोगी राष्ट्रवादी एमएचपी पार्टीको पनि मत प्रतिशतमा गिरावट देखिएको छ।

यस पार्टीले २०१८ मा ११ दशमलव १ प्रतिशत मत पाएको थियो। तर, मत सर्वेक्षणले पार्टीले ८ देखि ९ प्रतिशत मात्र मत पाउने देखाएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार