कंगोमा भएको डुंगा दुर्घटनामा एक सय जना भन्दा बढीको निधन भएको बताइएको छ।

कंगो नदीमा दुर्घटनामा परेका मध्ये ६१ जनाको शव भेटिएको र ६० जना अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा ३९ जना बाँच्न सफल भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना हुँदा डुंगामा सवार यात्रुको यकिन संख्या भने थाहा हुन सकेको छैन ।

रातिको समयमा खराब मौसम वा अत्यधिक यात्रु बोकेका डुंगा दुर्घटनामा परेको हुनसक्ने सरकारी प्रवक्ताको भनाइ छ ।