नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

अरू दुईजना घाइते भएको विवरणमा जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजधानी ओस्लोदेखि दक्षिण पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरीले स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा थाहा पाएको थियो।

सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताएका छन्।

सन्दिग्ध व्यक्तिले एक्लै आक्रमण गरेको प्रहरीको अनुमान छ।

त्यो आतङ्कवादी कार्य भए वा नभएको विषयमा अनुसन्धान शुरू गरिने एकजना प्रवक्ताले बताएका छन्।