चीनले आफूहरुले परमाणु क्षमताको हापरसोनिक मिसाइल परीक्षण गरेको भन्दै आएका समाचारहरुको खण्डन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक परीक्षण गरिए पनि त्यसको हाइपरसोनिक मिसाइलसँग कुनै सम्बन्ध नभएको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले चीनले गरेको परीक्षण एक नियमित अन्तरिक्ष यानको चेकजाँच भएको बताएका छन् ।

यसअघि बेलायती पत्रिका फिनान्सियल टाइम्सले मिसाइल परीक्षण गरिएको एक रिपोर्ट सार्वजनिक गरेको थियो । अब झाओले उक्त रिपोर्ट गलत भएको बताएका हुन् ।

पत्रिकामा शनिबार हाइपरसोनिक मिसाइल परीक्षण गरिएको समाचार छापिएपछि अमेरिकाले यसबारे गम्भीर भन्दै टिप्पणी दिएको थियो । यो परीक्षणविरुद्ध अमेरिकी सांसद माइक गैलाघेरले चीनविरुद्ध अमेरिकाले कडा नीति लिनु पर्ने टिप्पणी गरेका थिए ।