बलिउड अभिनेता शाहरु खानका छोरा आर्यन खानको मुद्दामाथि छैटौं पटकको सुनुवाइ भएको छ। बुधबार भएको छैटौं पटकको सुनुवाइमा पनि आर्यनलाई जमानत दिन मुम्बईको एनडिपिएस अदालतले अस्वीकार गरेको छ ।

 

मुम्बईको आर्थर रोड जेलमा रहेका आर्यनलाई ड्रग्स किनेको र सेवन गरेको आरोपमा एनसिबीले मुम्बईको एक क्रुज पार्टीबाट गिरफ्तार गरेको हो । उनीसँगै मुनमुन धमीचा र अरबाज मर्चेन्ट पनि पक्राउ परेका थिए । अदालतले धमिचा र मर्चेन्टको जमानतको आग्रहलाई पनि खारेज गरेको छ ।

यो खारेजीसँगै आर्यन अझै केही दिन जेलमा नै रहनेछन् । अब उनको जमानतका लागि मुम्बईको उच्च अदालतमा निवेदन दिने आर्यनका वकिलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय