नेकपा माओवादी केन्द्र प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ। प्रदेश २ मा देखिएको सांगठनिक विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक बसेको हो।

शनिबारदेखि बसेको बैठक आज पनि जारी छ। २७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा नारायणकाजी श्रेष्ठ लगायत पार्टीका वरिष्ठ नेताहरू पनि उपस्थित छन्। प्रदेश २ मा गणेश साह माओवादीका इन्चार्ज छन्। विश्वनाथ साह र महेन्द्र पासवान सह(इन्चार्ज छन्।

अध्यक्षमा प्रह्लाद बुढाथोकी रहेका छन्। मधेसमा माओवादी केन्द्रको सांगठनिक अवस्था र असन्तुष्ट नेताहरूको बारेमा परामर्श गर्नका लागि प्रचण्डले प्रदेश नं। २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय