सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलबास चोकमा भारतीय नम्बरप्लेटको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब ७ बजे भारतीय नागरिक ३५ वर्षीया महमुदा खातुन मोटरसाइकलबाट खसेकी थिइन् । स्थानीय गोदावरी अस्पतालमा उपचारको क्रममा बेलुका पौने ८ बजे उनको मृत्यु भएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय केशरगन्जले नियन्त्रणमा लिएको छ ।