दमकमा अब गगन पुरी आफैमा एउटा पब्लिक फिगरको परिचय बनाएका ब्याक्ति बनेकाछन् । अझ उनि दमकको मेयरको उम्मेद्वार बनेपछि उनि आवद्ध पार्टी माओबादी केन्द्रबाट भन्दा पनि ब्याक्तिगत कारणले गर्दा उनि निक्कै चर्चित बने ।
उनि राजनीतिक होस् या सामाजिक रुपमा सधै चर्चामा रहिरहन्छन् । यसपटक उनले मेयरको उम्मेद्वार हुँदा जून बिकासका एजेण्डा उठाए त्यो पपुलर बन्यो । उनले सधै एउटा कुरामा जोड दिए गगनले हार्दा केहि हुदैन बिकासले हार्नु हुदैन ।
उनी फेरि एउटा असल नेतृत्वमा हुनुपर्ने गुण देखाएर चर्चामा पुगेकाछन् । चुनाव त हारे तर फेरी एकपटक दमकबासीको मनमा बस्ने काम गरेकाछन् ।
त्यो हो नवनिर्वाचित मेयरका उम्मेद्वार रोमनाथ ओली तथा उपमेयरकी उम्मेदवार गिता अधिकारीलाइ एमालेको बिजयसभामा गएर सम्मान दर्शाए । बधाइ दिए र आफू बिकासका एजेण्डामा सधै साथ दिने बताए ।
उनले यो एउटा असल संस्कारको शुरुवात गरेको मान्न सकिन्छ । एमालेको बिजयसभामा गएर पराजित उम्मेद्वार हाँसिहासि बधाइ दिनु यो एउटा प्रशंशनीय काम हो ।
उनिबाट अरुले यस बिषयमा पाठ सिक्नु पर्छ । यसले उनको उचाइलाइ बढाएको छ । निर्वाचनको समयमा एकआपसमा हिलो छ्यापाछ्याप हुन्छ, आरोप प्रत्यारोप हुन्छ तर जब परिणाम आउछ त्यसपछि एकअर्कामा असल ब्यवहार हुन्छ त्यो अर्को पटकको जितको संकेत पनि हो भनेर कार्यक्रममा सहभागिहरुले भनेको पनि सुनिन्थ्यो ।
उनको फेसबुक स्टाटस यस्तो छ
हार्दिक कृतज्ञता एवं वधाई!!
आदरणीय दमकवासी महानुभावहरु ! वर्षौंदेखि सिंहदरबारमा केन्द्रित रहेको अधिकार जनताका घरदैलोमा ल्याउंदै नेपालको इतिहासमा पहिलोपटक भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ।
वम,गोला,पानी र झरी लगायतका कयौं प्रतिकुलताका वावजुद घण्टौं लाइनमा वसेर दमक नगरपालिकाको मतदान प्रकृयामा अभुतपुर्व रुपमा भाग लिई आफ्नो अधिकार संस्थागत गर्न अमुल्य मत प्रकट गर्ने सवै दमकवासी आमावुवा, दिदीबहिनी,दाजुभाइ तथा साथीहरूमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौं ।
आदरणीय दमकवासी सचेत मतदाताहरु ! दमकमा यहाँहरुले हामीलाई प्रमुख पदमा ६८९८ मत दिनुभएको छ। हामीलाई मत,साथ र हात दिने सवै महान मतदाताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। मत नदिएपनि मनैदेखि नैतिक सद्भाव र शुभेच्छा प्रकट गर्ने सवै मतदाताहरुलाई विशेष आभार प्रकट गर्न चाहन्छौं। निर्वाचनको प्रकृयामा भाग लिएपछि लोकतान्त्रिक मूल्य र गणितीय नियम अनुसार हारजित नितान्त स्वाभाविक कुरा हो।
कुनै पार्टी वा ब्यक्तिले चुनाव हारेपनि दमक,दमकका जनता र दमकको विकासले हार्नु हुंदैन भन्ने धारणा र मान्यता हामीले चुनावी दौरानमा अघि सार्दै आएको सवैमा विदितै छ।हामीले प्राविधिक रुपमा चुनाव हारेपनि दमकको विकासले हार्नु हुंदैन भन्नेमा हामी हरपल सचेत र प्रतिवद्ध छौं ।
चुनाव जसले जितेपनि पनि दमकको विकास,प्रगति र समृद्धिले जित्नुपर्छ भन्नेमा हामी उत्तिकै दृढ र अविचल छौं।चुनावमा विजेता वन्न नसकेपनि चुनाव ताका हामी र हाम्रो पार्टीले जनताका विचमा गरेका प्रतिवद्धता हरहालतमा पूरा गर्न अझ उच्च मनोवलका साथ लाग्नेछौं। हामी दमकको विकासका लागि हमेसा जस्तोसुकै साथ,सहयोग,सहकार्य र पहलकदमी गर्न तयार छौं।हामी अझ वढी जोश,अझ वढि उत्साह र अझ वढि मेहनतका साथ दमक र दमकवासी माझ निरन्तर आइरहनेछौं।
अन्त्यमा दमक नगरपालिकाको मेयर पदमा निर्वाचित रोमनाथ ओली र उपमेयर पदमा निर्वाचित गीता अधिकारी सहितका सवै निर्वाचित साथीहरूलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । त्यसैगरी निर्वाचन सफल पार्न महत्त्वपूर्ण योगदान गर्ने निर्वाचन अधिकृतको कार्यालयका सवै साथीहरू,सवै कर्मचारी मित्रहरु,सवै सुरक्षाकर्मी साथीहरु ,सवै पत्रकार मित्रहरु,विभिन्न संघसंस्थाका पर्येवेक्षक लगायत सवैलाई हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गर्दछौं ।
रेवतराज पुरी(गगन)
मेयर पदको उम्मेदवार
दमक नगरपालिका
नेकपा(माओवादी केन्द्र)



