रुसी जलसेनाका पाँच जहाज त्सुसिमा खाडीबाट जापान सागरमा प्रवेश गरेका छन्।

जापानको रक्षा मन्त्रालयले सोमबार यो घटनाको जानकारी दिँदै यसबारे थप अनुसन्धान भइरहेको बताएको छ। मन्त्रालयका अनुसार यसअघि पाँच चिनियाँ र पाँच रुसी जहाजले जापानको फन्को लगाएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जापानको जलसम्पदा सुरक्षा बलले त्सुसिमाबाट १४० किलोमिटर दक्षिण–पश्चिममा पाँच रुसी जलसेनाको जहाज भेटेको थियो। पछि यी जहाज जापान सागरमा प्रवेश गरेका थिए।

जापानका रक्षा मन्त्री नोबुओ किशीले रुसी र चिनियाँ जलसेनाको गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन्। अमेरिकाको जल सेनाका सेक्रेटरी कार्लोस डेल टोरोसँगको भेटवार्तामा जापानका रक्षामन्त्रीले चिन्ता व्यक्त गरेका हुन्।

उनले पछिल्लो समय जापानको अवस्था बिग्रिँदै गएको र चुनौती पनि बढ्दै गएको बताएका छन्। उत्तर कोरियाले केही समयअघि गरेको ब्यालेस्टिक मिसाइल पनि जापानको लागि चुनौती रहेको उनको भनाइ थियो। भेटमा अमेरिकी जलसेनाका सेक्रेटरीले अमेरिका र जापानबीचको सहकार्य आगामी दिनमा पनि जारी रहने बताएका थिए।