मुख्य

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने : परराष्ट्रमन्त्री डा नारायण खड्का


  #काठमाडौं   सवाल नेपाल   २०७८ कार्तिक ८, १६:४८

परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने स्पष्ट पार्नुभएको छ ।

नेपाल प्रेस युनियनले सोमबार उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमसीसी पास गर्नु अहिलको आवश्यक रहेको भएपनि दलहरुको सहमति बिना पास गर्न सम्भव नरहेको बताउनुभएको हो । एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताउनुभयो । त्यस्तै उहाँले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो । उहाँले यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताउनुभयो । त्यस्तै मन्त्री खड्काले त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको जानकारी दिनुभयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार