संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडोयाममा थप सहायताको खाँचो रहेको जनाएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन्।

सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य अत्यावश्यकताका सामग्रीहरूको खाँचो रहेको गिरिफिथले बताए। यसअघि संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोवास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको थियो।

मानवीय सहायता प्रमुख गिरिफिथले यहाँ एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताएका छन्। सिरियामा अहिले आर्थिक संकट थपिएकोले यहाँका नागरिकहरू खाना र वासकै समस्यामा परेका बताइएको छ। ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरू भएकाले गर्दा सरकारले पनि सहायता सामग्री पुर्‍याउन सकिरहेको छैन।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो। सिरियामा लामो समयदेखि हिंसा जारी छ। जसका कारण यहाँका लाखौँ नागरिक विस्थापित हुन पुगेका छन् भने चार लाखभन्दा बढीले ज्यान गुमाएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah