
काठमाडौं । भारतको इन्दोरमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । इन्दोरमा देखिएको उक्त डेल्टा भेरियन्टको नयाँ स्वरुपको नामाकरण एवाई–४ राखिएको छ । यो भेरियन्टबारे विश्वभरमा अनुसन्धान भइरहेको छ । यसको प्रकृतिलाई लिएर अहिलेसम्म यही नै भन्ने यकीन भइसकेको छैन । तर विज्ञहरुले यो पहिलेको भेरियन्ट भन्दा धेरै खतरनाक भएको बताएका छन् ।
सावधानी अपनाउन समेत उनीहरुले आग्रह गरेका छन् । इन्दोरमा गत ७ सेप्टेम्बरमा कोरोना पीडित भएकाहरुबाट लिइएको नमूनामा यो भेरियन्ट पाइएको हो । २१ सेप्टेम्बरमा जिनोम सिक्वेन्सका लागि पठाइएकोमा उक्त नयाँ भेरियन्टबारे जानकारी आएको हो । यो भेरियन्ट गत अप्रिलमा महाराष्ट्रमा भेटिएको थियो । तर अहिले इन्दोरमा फेला परेको छ । एवाई–४ को सर्ने क्षमताबारे अहिले अनुसन्धान भइरहेको छ । तर डा.रवि डोसीका अनुसार यो भाइरस निकै संक्रमक छ ।