राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरण गर्ने कार्यमा साढे चार हजार परिवार थपिएका छन्।
जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तका अनुसार पहिलो चरणको जनगणनामा बैतडीमा ४९ हजार ७ सय ६१ परिवार सूचीकृत भएका छन्।

वि.सं. २०६८ सालको जनगणनामा यहाँ ४५ हजार १ सय ६७ परिवार थिए। यस्तै पहिलो चरणमा ५८ हजार ५ सय ५२ घर सूचीकृत भएका छन्। घरको गणना पहिलोपटक गरिएको हो।

यसका साथै २०६८ सालको जनगणनाको भन्दा २०७८ सालको पहिलो चरणको जनगणनामा ३ हजार जनसंख्या बढेको छ। २०६८ मा यहाँको जनसंख्या २ लाख ५० हजार ८ सय ९८ रहेकोमा हाल २ लाख ५३ हजार ८ सय १३ देखाएको छ।

पहिलो चरणमा सुपरीवेक्षकको प्रारम्भिक गणनामा उक्त जनसंख्या थपिएको देखिए पनि मूल गणनापश्चात् मात्रै थपिएको जनसंख्या यकिन हुने पन्तको भनाइ छ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत घरपरिवारको सूचीकरण गरिएको थियो। बैतडीमा घरपरिवार सूचीकरणका लागि ८० जना सुपरीवेक्षक परिचालन गरिएका थिए।

मूल गणनाका लागि ३१५ गणक छनौट

राष्ट्रिय जनगणना २०७८ को मूल गणनाका लागि बैतडीका १० वटै स्थानीय तहमा ३१५ जना गणक छनौट भएका छन्।

छनौट भएका ३१५ जना गणकमध्ये दशरथचन्द नगरपालिकामा ६५ जना, पाटन नगरपालिकामा ३६ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा ४० जना खटाइनेछन्।

यस्तै सुर्नया गाउँपालिकामा २५ जना, दोगडाकेदार गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २८ जना, सिगास गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ जना गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ।

गणकहरूसँगै पहिलो चरणको जनगणनामा काम गरेका ८० जना सुपरीवेक्षकलाई पनि मूल गणनामा खटाइने जिल्ला जनगणना अधिकारी पन्तले बताए।

छनौट भएका गणकहरूलाई यही कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिएर जनगणनाका लागि खटाइनेछ।

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकको तालिम दशरथचन्द नगरपालिकामा हुनेछ भने डिलाशैनी र दोगडाकेदार गाउँपालिकाका गणकको तालिम दोगडाकेदारमा सञ्चालन गरिनेछ।

यसैगरी सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकको तालिम पाटनमा हुनेछ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकको तालिम मेलौलीमा सञ्चालन हुनेछ।

राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना हुने बताइएको छ। ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ जनगणना भइरहेको हो। सरकारले प्रत्येक १०÷१० वर्षमा जनगणना गर्ने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah