साउथ स्टार पुनित राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनितको आज हृदयाघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार बिहान जिम क्लबमा उनलाई एक्कासी हृदयाघात भएको हो ।

पुनित कन्नड फिल्मका सुपरस्टार डा राजकुमारका पुत्र हुन् । उनले १२ फिल्ममा बाल कलाकारका रुपमा अभिनय गरेका थिए । पछि उनी साउथ इण्डियन चलचित्रमा ख्यातिप्राप्त स्टारका रुपमा स्थापित भएका थिए ।

हाल उनको शव ए स्थानीय अस्पतालमा राखिएको छ । उनको दाहसंस्कार भएको छैन । उनको निधनबाट साउथ इण्डियन फिल्म इण्डस्ट्री शोकाकुल बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय