क्रुज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन आज रिहा हुँदैछन् । २ अक्टोबरमा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

खानले बिहीबार जमानत पाएका थिए । बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । सबै अभियुक्तले यो मुद्दाबारे टेलिभिजन, छापा तथा सामाजिक सञ्जालमा कुनै किसिमको बयान या टिप्पणी नदिने लगायतका १४ सर्त अदालतले राखेको हो ।

अभियुक्तहरूले यस किसिमका क्रियाकलापमा फेरि संलग्न नहुने कुरामा ख्याल गर्नुपर्ने, अभियुक्तले सह–अभियुक्तसँग सम्पर्क नगर्ने, मुद्दामा असर पर्ने कुनै काम नगर्ने, प्रमाणहरूबारे कुनै किसिमको टिप्पणी नगर्ने, अनुमतिबिना देश बाहिर नजाने, मुम्बईबाट बाहिर जान परेमा अनुसन्धान अधिकारीलाई सूचित गर्ने र बोलाएको बेला उपस्थित हुने लगायतका १४ सर्त राखिएको हो ।

यी सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ । मुद्दा प्रभावित नहोस् भन्नका लागि अदालतले सर्त राखेको बताइएको छ । आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् ।

आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान ११ बजेसम्म रिहा हुने ठानिएको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah