लामो समयदेखि मारिएको भन्ने चर्चा चलेका तालिवानका एक सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादाले आफ्नो एक अडियो अपिल सार्वजनिक गरेका छन् ।

उनले अफगानिस्तानको कान्धार सहरमा पनि मानिसहरुलाई सम्बोधन गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् २०१६ देखि त्यस ठाउँमा इस्लामिक गतिविधि अगुवाई गरिरहेका उनी केही समयअघि नै मारिएको भन्ने प्रचार गरिएको थियो । कतिसम्म भने अगस्टमा जब तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो, त्यति बेला पनि उनी सार्वजनिक भएका थिएनन् ।

तर, अब उनको एक अडियो क्लिप सामाजिक सन्जालमा पनि राखिएको छ । तालिबानले नै आफ्नो सामाजिक सन्जालमा उनको अडियो क्लिप राखेपछि उनी मारिएको भन्ने समाचार अफवाह मात्र भएको बताउन थालिएको छ ।

सार्वजनिक भएको अडियोमा उनले तालिबानको नेतृत्वको सफलताका लागि पनि प्रार्थना गरेका छन् ।