काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनको आन्दोलन दोस्रो दिन पनि जारी छ।

नेपाल बारले हातमा कालोपट्टी बाधेर आइतबारदेखि आन्दोलन थालेको हो। नेपाल बार एशोसियसनको प्राङ्गणमा बारका पदाधिकारी र सदस्यहरुले ब्यानरसहित प्रदर्शन शुरु गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले १७ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।