अदालत परिसरभित्र आफ्नै सहकर्मीलाई लात हान्ने वकिललाई कडा कारबाही गर्न माग गरिएको छ । जनताको आयोग महाअभियान नेपालले उक्त माग गर्दै त्यस्तो गतिबिधि गर्न छुट दिने हो भने नेपाल बार एसोसिएसनमाथि पनि कारबाही हुनुपर्ने आवाज उठाएको छ ।

महाअभियानले आज बिहान ११ बजे बारको प्राङ्गणमा आयोजना गर्न लागेको कार्यक्रममा उक्त माग गर्ने बताएको छ । उसले बार एसोसियसनको चुनावमा उठ्ने आरएलए, पीपीएलए र डीएलएजस्ता राजनीतिक आस्थाका समूहले त्यस्तो समूहको अर्थ, कानुनी र व्यवहारिक औचित्य साबित गर्नुपर्ने आवाज समेत उठाएको छ ।

त्यसैगरी दलगत आडमा इजलास नबसेर उल्टै धर्नामा बस्ने न्यायाधीशाहरुलाई पनि उसले पदमा नबस्न आग्रह गरेको छ । उसले भनेको छ, ‘विनाप्रमाण प्रधानन्यायाधीशविरुद्ध मनपरी अभिव्यक्ति दिने अधिवक्ता र अन्य न्यायाधीशहरुले आरोप पुष्टि हुने प्रमाण पेश गर्नुपर्यो ।

अन्यथा, उनीहरुलाई मानहानीको कारबाहीमा लैजान नेपाल बारले कुनै पहल नगरेमा बारका पदाधिकारीहरुलाई समेत नमुना जनताको आयोग मार्फत् कारबाही प्रक्रियामा लैजान उजुरी दर्ता गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah