नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास सोमबारदेखि नेपालमा सुरु भएको छ। छाउनीस्थित रेन्जर गणमा आयोजित एक कार्यक्रमबीच दुई देशका सेनाबीचको संयुक्त अभ्यास ‘एक्स- टिल नेक २२’ सुरु भएको हो।
नेपाली सेनाको खोज तथा उद्धारमा सहभागी हुने फौजमध्येबाट ५० जना र २० अमेरिकी सेना यस संयुक्त अभ्यासमा सहभागी हुनेछन्। संयुक्त अभ्यास मंसिर १४ गतेसम्म सञ्चालन हुने छ।
सैन्य अभ्यास काठमाडौँ, पोखरा र अन्नपूर्ण बेस क्याम्पमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार जल उद्धार र उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयको सैद्धान्तिक र व्यावहारिक ज्ञान अभ्यासमार्फत प्राप्त हुने छ।



