रुपन्देही प्रहरीले बुटवलबाट आज बिहानै ठुलो परिणाममा सामान बरामद गरेको छ । बुटवल उपमहानगरपालिका–१, तिनाउ पुलबाट दुईवटा पिकअप भ्यान, दुई जना चालक र करिब ५२ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रहरीले गाडी चालक सैनामैना नगरपालिका–२ बस्ने ४० वर्षका तुलसी थारु र सोही ठाउँ बस्ने बर्ष ४० का मीनप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको हो । यस्तै लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

पिकअप भ्यानमा ६० हजार पिस लिपगार्ड, २३६ पिस कुर्था सुरुवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको प्रहरीले जनाएको छ । यसको कूल मूल्य ५१ लख ४८ हजार ५ रहेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ती सामान कपिलवस्तुका विभिन्न नाका हुँदै बुटवल ल्याउँदै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah