काठमाडौं । नेपालगञ्जबाट सुर्खेततर्फ गइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तरकारी बोक्ने रा १ च १३१० नम्बरको जीप रत्न राजमार्ग अन्तरगत वीरेन्द्रनगरको झुप्रा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जीपमा सवार घोराही नगरपालिका–१३का चालक राजु विकको मृत्यु भएको हो भने अर्का लोकेन्द्र सुनार भने घाइते भएका छन् ।